
आइसिसी टी–२० विश्वकपको जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ।
नवौँ संस्करणबाट बाहिरिनु परे पनि नेपाल जितका साथ प्रतियोगिता अन्त्य गर्न चाहन्छ। नेपालले टस जितेर फिल्डङ रोजेको छ।
यो म्याच नेपालभन्दा पनि बंगलादेशका लागि महत्त्वपूर्ण छ । नेपाल यसअघि नै बाहिरिइसकेको छ भने यो समूहबाट बंगलादेशसँगै नेदरल्यान्ड्स पनि सुपर एटको दौडमा छ।