१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Tuesday, 25 June, 2024
रासस म्याग्दी
२o८१ असार २ आइतबार १८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण

Read Time : < 1 मिनेट
रासस, म्याग्दी
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १८:२२:oo

म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन्।

‘द मनसुन युवा क्लब’मा आबद्ध बेनी– ५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थलसहितको उद्यान बनाएका हुन्। क्लबका अध्यक्ष दिनेश बानियाँले गत तीजका अवसरमा आयोजना गरिएको मेलाको आम्दानी र श्रमदान जुटाएर पर्यटकीय पूर्वाधार बनाइएको बताए।

‘आराम गरेर बस्न मिल्ने फलामको बेन्च, फुटपाथ, फोहोर व्यवस्थापन, चौतारी निर्माण गर्न रु. ८० हजार खर्च भएको छ,’ उनले भने, ‘मेला सञ्चालन गरेर भएको आम्दानीबाट रङ किनेर उद्यानमा रहेका अग्ला सिसौका रुखलाई रंग्याइएको छ।’ 

नगदबाहेक क्लबमा आबद्ध १५ युवाले पाँच दिनका दरले श्रमदान गरेका थिए। फोहोर व्यवस्थापन गर्ने डस्टबिन पनि राखिएको छ। बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिममा रहेको चुत्रेनी म्याग्दी नदीको किनारमा अवस्थित छ। जंगलभित्र र म्याग्दी नदीको किनारको सो उद्यान विशेष गरेर गर्मी याममा शीतल हुन्छ।

एकान्त वातावरणमा आनन्द लिन, तनाव व्यवस्थापन गर्न र शीतलताका लागि चुत्रेनीको उद्यान उपयुक्त गन्तव्य बन्न सक्ने स्थानीय बताउँछन्। सिँजा तातोपानी जाने बेनी–दरबाङ सडकको नजिकै उद्यान रहेको छ। जंगलको अग्ला सिसौका रुखलाई रङ लगाएर राम्रो पारिएको छ।

हिँड्ने फुटपाथमा सडक कालोपत्र गर्न प्रयोग हुने रोडा राखिएको छ। पैदलमार्गको दायाँ र बायाँ ढुंगालाई आकर्षक बनाएर ठाडो पारी राखिएको छ। उद्यान भएको ठाउँमा यसअघि टहरा र सार्वजनिक शौचालय बनाइसकिएको थियो। सांस्कृतिक कार्यक्रम गर्न पनि उपयुक्त रहेको सो ठाउँमा भेला, बैठकलगायतका कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ।

ad
ad
ad
ad