मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३१ बिहीबार
  • Wednesday, 05 February, 2025
२o८१ जेठ ३१ बिहीबार १२:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गण्डकीमा निःशुल्क स्वास्थ्य शिविर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३१ बिहीबार १२:१२:oo

गण्डकी गाउँपालिका वडा नम्बर– १ मकैसिङमा महिलाहरूको पाठेघरसम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । सम्भव नेपालको आयोजनामा मकैसिङ प्राथमिक स्वास्थ्य चौकीमा उक्त शिविर हुन लागेको हो ।

शिविरमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकद्वारा उपचार हुनेछ । शिविर १ र २ असारमा हुने सम्भव नेपालको परियोजना पर्यवेक्षक उत्तम अधिकारीले जानकारी दिए ।

उक्त शिविरमा महिला तथा स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा, महिलाको पाठेघरसम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर, हाडजोर्नी विशेषज्ञ सेवा रेडियोलोजिस्ट, फिजिसियन र एक्स–रे सेवा, निःशुल्क औषधि वितरण तथा अन्य सेवासमेत रहेको अधिकारीले जानकारी दिए । सो शिविरबाट धेरैभन्दा धेरैले लाभ लिने सम्भव नेपालका अध्यक्ष प्रेमकुमार खत्रीले जानकारी दिए ।