मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २५ शुक्रबार
  • Friday, 14 March, 2025
२o८१ जेठ २५ शुक्रबार ११:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बुटवलको रोजगार मेलाबाट ३५ जनाले पाए रोजगारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २५ शुक्रबार ११:२५:oo

बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाबाट ३५ जनाले रोजगारी पाएका छन्। बुधबार र बिहीबार दुई दिन बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा चलेको ‍‍‍‍मेलाको सात हजारजनाभन्दा बढीले अवलोकन गरेको आयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

उनका अनुसार ४१ वटा स्टलबाट सात सय ३१ जनाका लागि आवेदन आह्वान भएकोमा रोजगारीका लागि एक हजार दुई सय २८ जनाले आवेदन दिएका छन्। मेलामा पाँच सयजनाले वैदेशिक रोजगार, मनोसामाजिक परामर्श, वित्तीय साक्षरतासम्बन्धी परामर्श सेवा प्राप्त गरेको उनले बताए। पाण्डेयका अनुसार मेलाबाट ३५ जनाले रोजगारी प्राप्त गरेका छन् भने एक सय ५० जना दोस्रो चरणका लागि छनोट भएका छन्।

पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि कार्यक्रम सहायक सिद्ध भएको बताए। श्रम कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद खनालले मेलाबाट आन्तरिक र बाह्य रोजगारीको लागि सहजीकरण गरिएको बताए।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रूपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेलामा ४१ वटा औद्योगिक प्रतिष्ठानहरूका स्टल रहेका थिए। मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बुधबार उद्घाटन गरेका थिए। उनले रोजगारदाता र श्रमिकबीचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका थिए।