मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 31 August, 2026
रासस काठमाडौं
२o८१ जेठ १३ आइतबार २२:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निलम्बित न्यायाधीश गिरी बलात्कार मुद्दामा दोषी ठहर

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार २२:१२:oo

जिल्ला अदालत काठमाडौंले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।

न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आज जिल्ला न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो। जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार जिल्ला न्यायाधीश गिरी बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् भने सजाय निर्धारणका लागि २८ जेठमा पेसी तोक्न आदेश भएको छ। 

जिल्ला अदालत कपिलवस्तुमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि न्यायाधीश गिरीलाई निलम्बन गरी थुनामा राखिएको छ।