Skip This
सहकारी क्षेत्रमा झन्डै पाँच खर्ब बचत, चार खर्ब कर्जा प्रवाह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १३ आइतबार १५:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

सहकारी क्षेत्रमा झन्डै पाँच खर्ब बचत, चार खर्ब कर्जा प्रवाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १५:४५:oo

पछिल्लो समय समस्या देखिएको सहकारी क्षेत्रमा झन्डै पाँच खर्ब बचत परिचालन भएको देखिएको छ। अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो। 

सर्वेक्षणमा फागुन मसान्तसम्मको तथ्यांक उल्लेख छ। समीक्षा अवधिसम्म सहकारी क्षेत्रमा चार खर्ब ७८ अर्ब ११ करोड रुपैयाँ बचत परिचालन भएको छ। कर्जा प्रवाह भने चार खर्ब पाँच अर्ब ३ करोड रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ। 

समीक्षा अवधिसम्म सहकारी संस्था संख्या ३१ हजार चार सय ५० पुगेको छ। त्यसमा ७३ लाख ८५ हजार पाँच सय २८ जना सेयर सदस्य छन्।

ad
ad
ad
ad