राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सहकारीको समग्र समस्याको समाधान चाहेको बताएका छन्।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद खनालले सहकारी समस्या र समाधानका उपायसहितको खाका प्रधानमन्त्रीलाई बुझाइसकेको र आफूहरूले सम्रह समस्या समाधान होस् भन्ने चाहेको बताएका छन्।
उनले भने, ‘हामी समग्र सहकारीको समस्या समाधान होस् भन्ने चाहन्छौँ। यो छलफलकै क्रममा छ। दुवै पक्षको सहमतिमा यो टुंगोमा पुग्छ भन्ने विश्वास छ।’