१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १५ बिहीबार
  • Tuesday, 17 June, 2025
२o८१ कार्तिक १५ बिहीबार १७:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा जिप दुर्घटना हुँदा चारजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १५ बिहीबार १७:२o:oo

अछामको रिडीकोटमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। लु १ ज ४७११ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना हुँदा बाजुराका चारजना घाइते भएका हुन्।

बयलपाटाबाट बाजुरा जाँदै गरेको जिप रिडीकोट स्थित मध्यपहाडी लोकमार्गको नालीमा पल्टिँदा बाजुराको त्रिवेणी नगरपालिका ६ बस्ने १९ वर्षकी नन्दा बुढा, बुढीगंगा नगरपालिका ४ बस्ने २७ वर्षका राजेन्द्र लुहार र उनका छोरा ६ वर्षका सक्षम लुहार तथा बाजुराकै खप्तड छेडेदह गाउँपालिका- ३ का २३ वर्षका रोहित रावत घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार घाइतेमध्ये नन्दाको टाउको र मुखमा चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य छ। घाइते रावत जिपका चालक हुन्। उनीहरूको अछामस्थित न्याय हेल्थ बयलपाटामा उपचार भइरहेको छ।