प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठुलो महान् चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली र झकिझकाउ छाएको छ ।
सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरंगी पर्वका रूपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन् । तस्बिरमा हामीले जे देख्यौँ :