१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
रासस/सिन्ह्वा क्यानबेरा
२o८१ जेठ ७ सोमबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

पृथ्वीको मौसममा बादलको प्रभाव बुझ्ने अस्ट्रेलियाको अनुसन्धान परियोजनाको लक्ष्य

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा क्यानबेरा
नयाँ पत्रिका क्यानबेरा
२o८१ जेठ ७ सोमबार १o:५८:oo

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीका अन्वेषकहरूले दक्षिणी महासागरमा रहेका तरल बादलहरूले पृथ्वीको मौसमलाई कसरी असर गर्छन् भनेर बुझ्नका लागि एउटा परियोजना सुरु गरेका छन् ।

राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान संगठन (सिसरो)ले सोमबार वैज्ञानिकहरूले जलवायु मोडेलमा रहेको खाडललाई सम्बोधन गर्नका लागि तस्मानियाको टापु राज्यको ‘केनाओक÷केप ग्रिम बेसलाइन वायु प्रदूषण स्टेसन’मा वायुमण्डलीय एयरोसोल अध्ययन गर्न १७ महिना बिताउने घोषणा गरेका छन् ।

उच्च पानी शुद्धताको कारण दक्षिणी महासागरमा बन्ने बादल प्रायः बरफको सट्टा अति–चिसो (सुपर–कुल्ड) तरल पानीले बनेको हुन्छ । सुपर–कुल्ड तरल पानीको बादल बरफको बादलको तुलनामा धेरै सूर्यको प्रकाशलाई अन्तरिक्षमा प्रतिबिम्बित गर्दा समुद्रको सतहलाई चिसो पार्न मद्दत गर्दछ ।

सिसरोका वरिष्ठ प्रमुख अनुसन्धान वैज्ञानिक मेलिता किउडले परियोजनाले समुद्रमाथि सूर्यको कति किरण भएको बादल अन्तरिक्षमा प्रतिबिम्बित हुन्छ र पृथ्वीमा कति तापक्रम हुन्छ भन्ने मापन गरेर बादलको गुणहरूको बुझाइमा रहेको अन्तर पूरा गर्न सहयोग गर्ने बताए ।

‘नयाँ डाटाले सतह र बादलहरूबीच के भइरहेको छ र यस क्षेत्रमा बन्ने अद्वितीय ‘सुपर–कुल्ड’ तरल बादलभित्र के भइरहेको छ भन्नेबार बुझ्न सहयोग गर्नेछ,’ उनले भने, ‘पृथ्वीले सबैभन्दा तातो वर्ष रेकर्ड गरेपछि पृथ्वीको वायुमण्डलमा कति तापक्रम छ भनेर राम्रोसँग मापन गर्नु त्यति महत्त्वपूर्ण कहिल्यै थिएन ।’

एरोसोलले पानीलाई सघन बनाउन र बादल बन्न सक्षम पारेर बादल निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ । एरोसोल वायुमण्डलमा निलम्बित साना कणहरू हुन्। तिनीहरू प्रायः मानव आँखाले देख्न सकिँदैन । दक्षिणी महासागरमा एरोसोलको मुख्य स्रोत ‘समुद्री स्प्रे र फाइटोप्लाङ्क्टन’द्वारा निस्कने ग्यासहरू हुन् ।     

ad
ad