१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १३:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निराधार हल्ला चलाएर स्वार्थप्रेरितहरूले पार्टी फुटाए : उपेन्द्र यादव

निर्वाचन आयोगकाे भूमिकाप्रति आशंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १३:४१:oo

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाबाट प्रेरित भएर पार्टी फुटाइएको बताएका छन्।

बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यादवले कपोलकल्पित हल्ला चलाएर त्यसैको मौका छोपी पार्टी फुटाइएको दाबी गरेका हुन्।

आफू देशबाहिर रहेका वेला नयाँ गठबन्धन बनाउन लागेको हल्ला चलाएर पार्टी फुटाइएको उनको दाबी छ। ‘म जनसंख्या विकास सम्मेलनमा भाग लिन संयुक्त राष्ट्रसंघमा गएको वेला मौका छोपेर जसपा नेपाल र एकीकृत समाजवादी कांग्रेससँग मिलेर सरकार ढाल्ने भयो भनेर हल्ला चलाइयो। अत्यन्त्यै निराधार र कपोलकल्पित हल्ला चलाइयो। जसको कुनै आधार थिएन। त्यही निराधार हल्लामा कसैकसैले मौका छोपेर पार्टी फुटाए,’ उनले भने।

फरक मत महाधिवेशनलगायत पार्टीभित्रै राख्न  सकिने उल्लेख गर्दै यादवले भने, ‘संस्थागत रूपले कुनै पनि कुराहरू उठेनन्। यस्तो अवस्थामा अत्यधिक महत्वाकांक्षी, व्यक्तिगत स्वार्थबाट प्रेरित केही व्यक्तिले हल्ला चलिरहेकै मौकामा त्यसको फाइदा उठाउने गरी पार्टी फुटाएको घोषणा गरे।’

दलसम्बन्धी ऐन संसदमा विचाराधीन रहेकै अवस्थामा गैरकानुनी तरिकाले जसपा नेपाल फुटाएर नयाँ पार्टी दर्ता गरेको दाबी गर्दै यादवले निर्वाचन आयोगले समेत निकै छिटो दर्ता प्रमाणपत्र दिएकोमा आशंका व्यक्त गरे।

‘संसदमा ऐन विचाराधीन रहेको अवस्थामा गैरकानुनी तरिकाबाट रातारात पार्टी दर्ताको घोषणा गरे। सायद नेपालको इतिहासमा यति छिटो दर्ताको प्रमाणपत्र दिएको यो पहिलोपटक भएको हो,’ उनले भने।

ad
ad