१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार १७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली सरकारले पायाे पूर्णता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १७:१९:oo

कर्णाली प्रदेश सरकारले पूर्णता पाएकाे छ। २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता यामलाल कँडेलले नियुक्त भएकाे २१औँ दिनमा मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्। 

प्रदेश प्रमुखको कार्यालयका अनुसार नेकपा माओवादी केन्द्रका महेन्द्र केसीलाई आर्थिक मामिला तथा योजना, वीरबहादुर शाहीलाई सामाजिक विकास, दुर्गाबहादुर रावतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र रनसिंह परियारलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जम्मेवारी दिइएको छ। 

साथै, नेकपा एमालेका शेरबहादुर बुढालाई भौतिक पूर्वाधार, विनोदकुमार शाहलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी, भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक नियुक्त भएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने मुख्यमन्त्री कँडेल आफैँले राखेका छन्।  

नवनियुक्त मन्त्री विनोदकुमार शाहबाहेक अन्य मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्। 

ad
ad