१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Sunday, 10 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार o८:४o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उत्साह

मौद्रिक नीतिको समीक्षामार्फत बैंकहरूलाई सेयर बजारमा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिएकै कारण उत्साह देखिएको लगानीकर्ता छोटेलाल रौनियारको भनाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:४o:oo

मौद्रिक नीतिको तेस्रो समीक्षापछि सेयर बजार क्षेत्र उत्साहित बनेको छ । सामान्य उत्तारचढाव भइरहेको पुँजी बजार क्षेत्रमा शुक्रबार राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षापछि दुई कारोबार दिनमा नेप्से ७३ दशमलव २३ अंकले बढेको छ । 
सोमबार नेप्से परिसूचक २७ दशमलव ५४ अंकले बढेर दुई हजार ९२ विन्दुमा पुगेको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका तीन सय १५ कम्पनीको एक करोड ४३ लाख ७० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । आइतबार नेप्से सूचक ४५ दशमलव ६९ विन्दुले बढेको थियो ।

सोमबार धेरै कारोबार गर्नेमा पोखरा फाइनान्स कम्पनी अग्रस्थानमा छ । कम्पनीको १९ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, साइन रेसुंगा डेभलपमेन्ट बैंक र एनआइसी एसिया बैंकको ११ करोड २९ लाख रुपैयाँदेखि १८ करोड ८९ लाख रुपैयाँसम्मको कारोबार भएको छ । अघिल्लो दिन पाँच अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ ।

 तीन कम्पनीको सेयर मूल्यमा सर्किट 
तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने बराही हाइड्रोपावर पब्लिक कम्पनीको ९ दशमलव ९ प्रतिशतले बढेको छ ।

बढेको बजारमा लघुवित्त वित्तीय संस्थाका कम्पनीहरू भने घटेका छन् । सर्वाधिक घट्ने संस्थामा उपकार लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र नारायणी डेभलपमेन्ट बैंकको ५ दशमलव ५६ प्रतिशतदेखि ७ दशमलव ४० प्रतिशतसम्मले घटेको छ । 

मौद्रिक नीतिको समीक्षामार्फत बैंकहरूलाई सेयर बजारमा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिएकै कारण सेयर बजारमा उत्साह देखिएको लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले बताए । उनले भने, ‘पुँजी बजारका लागि भनेर ठ्याक्कै बुँदा नभए पनि बैंकहरूका एक वर्ष व्यतीत भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी बिक्री गर्न पाउने व्यवस्थाले समग्र पुँजी बजार हरियाली बनेको हो ।’