१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:४२:oo

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन्। 

स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को यही वैशाख १० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सोही दिन निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यही वैशाख १० गतेको सिफारिसका आधारमा उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गगरेका हुन्। 

ad
ad