१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

१७ सय औषधिजन्य वनस्पतिको ‘डाटाबेस’ तयार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:१o:oo

आयुर्वेदिक औषधिलाई वैज्ञानिक प्रणालीमा आबद्ध गराई विकास गर्न एक हजार सात सय ७७ वटा औषधिजन्य वनस्पतिको ‘डाटाबेस’ तयार भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले युवा प्रोत्साहन कोषमार्फत यस्तो डाटाबेस तयार गरेको हो । युवा वैज्ञानिक भुवन गुरुङको नेतृत्वमा फाइटोमेड नेपाल नामक परियोजनाअन्तर्गत यो काम सम्पन्न भएको हो । 

नेपालमा जडीबुटीको नामकरण र परम्परागत उपयोगिताको अभिलेखीकरण भए पनि हलासम्म यसको औषधीय गुणको ‘डाटाबेस’ बन्न सकेको थिएन । तसर्थ, आयुर्वेदीय औषधि प्रणालीलाई वैज्ञानिक र तथ्यपरक ढंगले वैज्ञानिक प्रणालीमा आबद्ध गराई भविष्यमा जडीबुटी वा नेपाली वनस्पतिमा आधारित आयुर्वेदीय औषधि प्रणालीको नवप्रवर्तन र विकास गर्ने सोचले यो काम गरिएको प्रदेश सामाजिक मन्त्रालयका सचिव भीष्मकुमार भुसालले जानकारी दिए ।

एक हजार सात सय ७७ वनस्पतिको परम्परागत औषधीय उपयोगिता, जैविक रसायनको चरित्र र आयाको संरचनासहित ११ हजार दुई सय ४० वटा सक्रिय जैविक रसायनको ‘डाटाबेस’ तयार गरिएको गुरुङले जानकारी दिए ।

ad
ad