१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले तत्काल सुदूरपश्चिम सरकारमा सहभागी नहुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१८:oo

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले, माओवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसदको समर्थनमा उनी प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन् । सोडारीको नियुक्तिमा नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षले भने आपत्ति जनाएको छ ।

एमाले तत्काल सहभागी नहुने

यसअघि सोडारीबाहेक मुख्यन्त्री हुनुपर्ने अडानमा रहेको एमालेले अन्ततः समर्थन जनाएको छ । तर, तत्काल सरकारमा सहभागी नहुने भएको छ । स्रोतका अनुसार एमालेले सरकारलाई समर्थन जनाए पनि तत्काल सरकारमा सहभागी नहुन पार्टी नेतृत्वको निर्देशन छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिउँसो निर्देशन दिएपछि संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा समर्थन जनाएको पत्र दिएका थिए । एमालेले सोडारीलाई समर्थन जनाउन नसकिने अडान लिएपछि केन्द्रमा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग सुदूरपश्चिममा सरकार गठनको विषयमा छलफल गरेका थिए । 

त्यसअघि पूर्वसमझदारीअनुसार सुदूरपश्चिममा सरकारको नेतृत्व पाउने अवस्था नभएपछि एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेको थियो । यसले गठबन्धनमै समस्या हुने भएपछि गठबन्धनका शीर्ष नेता प्रदेश सरकारको नेतृत्व समाजवादीलाई दिन सहमत भएका थिए । 

त्यस्तै, एमाले–माओवादीको समर्थनमा नागरिक उन्मुक्तिकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । एउटै पार्टीबाट दुईजनाको दाबी परेकाले निर्णय लिन नसकिएको भन्दै प्रदेश प्रमुखले अस्वीकृत गरिदिएका थिए ।
 

ad
ad