१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका सुदूरपश्चिम
२o८१ बैशाख २० बिहीबार o८:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम पहिलोपटक टिम च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, सुदूरपश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:o४:oo

सुदूरपश्चिम प्रदेश १४औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार पहिलोपटक टिम च्याम्पियन बनेको छ । सुदूरपश्चिमले सर्वाधिक १९ स्वर्ण, १२ रजत र १८ कांस्य जित्यो । दोस्रो स्थानमा रहेको बागमतीले १७ स्वर्ण, १३ रजत र १५ कांस्य हात पारेको छ । तेस्रो भएको कर्णालीले १० स्वर्ण, पाँच रजत र १६ कांस्य जित्यो । आठ स्वर्ण, नौ रजत र नौ कांस्यका साथ कोशी चौथो भयो ।

अघिल्ला तीन संस्करणमा लगातार उपाधि जितेको लुम्बिनी ६ स्वर्ण, ११ रजत र १८ कांस्यसाथ पाँचौँ स्थानमा रह्यो । सात प्रदेश टिमको सहभागिता रहेको प्रतियोगितामा तीन स्वर्ण, १० रजत र १३ कांस्यसाथ गण्डकी छैटौँ स्थानमा रहेको छ । तीन स्वर्ण, ६ रजत र नौ कांस्यसाथ मधेश सातौँ भयो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा भएको प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडी सहभागी थिए । एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । ६६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । एथलेटिक्सको छात्र र छात्रामा समान १३ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । कराँते, तेक्वान्दो र उसुको छात्र र छात्रामा समान ६ स्वर्ण रह्यो । भलिबल र कबड्डीको छात्र र छात्रमा समान एक स्वर्ण हात पार्न प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ ।

यसैबीच, कबड्डीमा सुदूरपश्चिमले दोहोरो उपाधि जित्यो । सुदूरपश्चिम छात्र र छात्रा दुवैमा पहिलो भयो । भलिबलमा लुम्बिनी र बागमतीले स्वर्ण हात पारे । लुम्बिनी छात्र तथा बागमती छात्रामा पहिलो भएका हुन् । विजेता दुवै टोलीले गण्डकीलाई पराजित गरे । उसुमा बागमती टिम च्याम्पियन बनेको छ । उसुमा बागमतीले ५ स्वर्ण, ५ रजत र २ कांस्य जित्यो । तेक्वान्दोमा पनि बागमती नै पहिलो भयो । तेक्वान्दो हलमा बागमतीले सर्वाधिक ४ स्वर्ण हात पारेको थियो । कराँतेमा बागमती पहिलो भयो । कराँतेमा पनि टिम च्याम्पियन बन्ने क्रममा बागमतीले ४ स्वर्ण, २ रजत र २ कांस्य पदक हात पार्‍यो ।

ad
ad