१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार o७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

आगलागीले १० बिघाको गहुँ नष्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:५६:oo

कञ्चनपुर दोधाराचाँदनी नगरपालिका– ७ बाबाथानमा गहुँखेतमा आगलागी हुँदा १० बिघा खेतको गहुँ नष्ट भएको छ । हावाहुरीले रुखको हाँगा विद्युत्को तारमा खस्दा विद्युत् तार चुँडिएर बिहीबार दिउँसो गहुँखेतमा आगलागी भएको हो ।  

दोधाराचाँदनी नगर प्रवक्ता ओम बस्नेतका अनुसार आगलागीबाट १३ स्थानीयको १० बिघा गहुँखेत जलेर नष्ट भएको छ । पाकेको गहुँमा आगलागी हुँदा साढे पाँच लाखबराबरको क्षति भएको उनले जनाए ।

वीरसिंह सुनारको ६ कट्ठा तथा चन्द्रबहादुर सुनार, सुमन सुनार, भीम सुनारको १०–१० कट्ठा, पदम सुनार, सुशील रानामगर, विनोद मगर, कैसाल सुनारको पाँच–पाँच कट्ठा, सञ्जु ठाकुर, सन्त सारूमगरको १५–१५ कट्ठा, उज्ज्वल बरालको डेढ बिघा र लालबहादुर पुनमगरको साढे दुई बिघा खेतको गहुँ जलेर नष्ट भएको हो । गहुँखेतीमा आगो लागेपछि दमकल र सुरक्षाकर्मीले आगो निभाएका थिए ।

ad
ad