नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध चौथो टी–२० खेलमा छैटाैँ विकेट गुमाएको छ। नेपालले अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंहको विकेट गुमाएको हो। इनिङ्सको १६.२ ओभरमा दीपेन्द्रसिंहले आफ्नो विकेट चार्ल्सलाई क्याचआउटका रूपमा दिए। दीपेन्द्रसिंहले १४ बलमा दुई चौका प्रहार गरे।
यसैगरी, अलराउन्डर गुल्सन झा पनि पेभेलियन फर्केका छन्। इनिङ्सको १६.६ ओभरमा गुल्सनलाई अथानाजेले क्याचआउट गराए। म्याथ्यु फोडेले एकै ओभरमा नेपालका प्रमुख खेलाडीलाई पेभेलियन फर्काए।
गुल्सनले १४ बलमा १९ रन बनाउन तीन चौका प्रहार गरे। नेपालले १७ ओभरमा १५७.७ को प्रदर्शन गरेको छ। दुई सय १० रन लक्ष्य पूरा गर्न नेपाललाई १७ बलमा ५७ रन आवश्यक छ।