नेपालका कप्तान रोहित पाैडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध अर्धशतकीय इनिङ्स पूरा गरेका छन्।
रोहितले मोन्तीको ओभरमा छक्का लगाउँदै सिरिजमा तेस्रो अर्धशतकीय इनिङ खेलेका हुन्। उनले पहिलो खेलमा शतक जोडेका थिए ।
पाैडेलले ३५ बलमा दुई छक्का र ६ चौका प्रहार गरी ५४ रन बनाएका छन् । क्रिजमा दीपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन् । नेपालले दुई सय १० रनको लक्ष्य पछ्याइरहेको छ ।