१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १२:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एसइईमा सहभागी विद्यार्थीलाई डिम्याट तथा मेरो सेयर खातामा बम्पर छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:oo:oo

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले एसइई परीक्षा ०८० मा सहभागी भएका विद्यार्थीलाई लक्षित गरी छुट योजना ल्याएको छ । ‘निःशुल्क डिम्याट र एक वर्ष डिम्याट तथा मेरो सेयर नवीकरण’ योजनामा विद्यार्थीले ५० प्रतिशत छुट पाउनेछन् । यो योजनाका लागि दुई सय रुपैयाँ शुल्क लाग्दै आए पनि एसइई दिएका विद्यार्थीले सय रुपैयाँमै यो सेवा पाउने बैंकले जनाएको छ ।

त्यसैगरी, ‘निःशुल्क डिम्याट खाता खोली आजीवन नवीकरण’ सेवामा ८० प्रतिशतभन्दा बढी अर्थात् सात हजार पाँच सय ५० शुल्क लाग्दै आएकामा विद्यार्थीले एक हजार चार सय ९९ मै सेवा लिन सक्नेछन् । साथै, ‘निःशुल्क डिम्याट खाता खोली आजीवन डिम्याट तथा मेरो सेयर नवीकरण’ योजनाअन्तर्गत एसइई ०८० मा सहभागी विद्यार्थीले यो सेवा एक हजार नौ सय ९९ मै लिन पाउने बैंकले जनाएको छ । सामान्य अवस्थामा ११ हजार तीन सय रुपैयाँ लाग्दै आएकामा बैंकले ८२.३१ प्रतिशत छुट दिने जनाएको छ । यो योजना ०८१ जेठ मसान्तसम्म कायम रहने बताइएको छ । 

यस्ता खाताहरूको सहज पहुँचले विद्यार्थीलाई सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पुँजी बजारमा सहभागिताका साथै वित्तीय शिक्षा र लगानी गर्न विद्यार्थीमा सानै उमेरदेखि जागरुक गर्ने विश्वास कम्पनीले लिएको छ । 
 

ad
ad