मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ३ सोमबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३ सोमबार ११:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीको अश्रुग्यास प्रहारबाट स्वास्थ्यमा समस्या देखिएका राप्रपा नेता डाँगीको उपचारको क्रममा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३ सोमबार ११:३९:oo

राप्रपाले २७ चैतमा गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले प्रहार गरेको अश्रुग्यासबाट स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छ।

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत डाँगीको मृत्यु भएको पुष्टि गरेका हुन्।

राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्षसमेत रहेका ६५ वर्षीय डाँगीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको थियो।

प्रवक्ता श्रेष्ठले उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट डाँगीको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको जनाएका छन्।

डाँगीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज मध्याह्न राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने भएको छ।

सरकारलाई ४०बुँदे माग पेस गर्दै आन्दोलनमा गएको राप्रपाले २७ चैतमा काठमाडौंकेन्द्रित प्रदर्शन गरेको थियो। निषेधाज्ञा तोडेर भद्रकालीबाट माइतीघरतर्फ जुलुस अघि बढेपछि प्रहरीले अश्रुग्यास तथा पानीको फोहोरा प्रहार गर्दै नियन्त्रणको प्रयास गरेको थियो। सो प्रदर्शनमा ३० जनाभन्दा बढी घाइते भएको राप्रपाले जनाएको थियो।