मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख २ आइतबार
  • Monday, 31 August, 2026
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरीको पनि दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २ आइतबार १६:१६:oo

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरीले पनि दाबी पेस गरेका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एमालेको समर्थनमा कैलाशले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

केहीबेर अघि नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनले नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

मुख्यमन्त्रीमा एउटै पार्टीका दुईजनाको दाबी परेको हो। दुईजनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले आवश्यक परे सांसदलाई उपस्थित गराएर बहुमतका लागि सनाखत गर्ने बताएका छन्।