मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ बैशाख २ आइतबार
  • Wednesday, 17 September, 2025
मुख्य समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्तिका लक्ष्मणकिशोरले पेस गरे मुख्यमन्त्रीमा दाबी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २ आइतबार १६:११:oo

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन्।

चौधरीले नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। चौधरीले दाबी पेस गर्दा एकीकृत समाजवादीका सांसद भने उपस्थित थिएनन्। 

दलहरूका तर्फबाट नेपाली कांग्रेसका प्रमुख सचेतक वसक्रमसिंह धामीले समर्थन पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाएका हुन्।

सुदूरपश्चिममा सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका सांसदहरूबीच सहमति भएको थियो।

एकीकृत समाजवादीलाई पार्टी केन्द्रको चर्को दबाब रहेको बताइएको छ। त्यसका बाबजुद एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले समर्थन गरेको पत्र नागरिक उन्मुक्तिका चौधरीले बुझाएका हुन्।