१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

साहसिक पर्यटनका लागि सोक्ला भ्याली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:o६:oo

सोक्लामा रक क्लाइम्बिङ, वाल क्लाइम्बिङ, प्याराग्लाइडिङ, साइक्लिङलगायत साहसिक गतिविधिको मजा लिन सकिन्छ

दोलखा जिल्लाको भीमेश्वर नरपालिका– २ मा पर्ने सोक्ला गाउँ कृषि पर्यटन, इको पर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन र धार्मिक अध्ययन–अनुसन्धानका लागि प्रसिद्ध छ । यहाँबाट गौरीशंकर हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । गङरास, चक्पा, डिलढुंगा, फुलपा, नेगल, डाँडागाउँ, खेलाप र नागदह क्षेत्र सोक्ला भ्यालीभित्र पर्दछन् । तामाङ समुदायको बाक्लो उपस्थिति रहेको यस क्षेत्रमा थामी, खत्री, खड्का, बस्नेत, दाहाल, नेवार, दलित, मगरलगायत विभिन्न जातिको बसोवास छ । 

सामाजिक सहकार्य, धार्मिक सहिष्णुता र आपसी मेलमिलाप सोक्ला भ्यालीको सुन्दर पक्ष हो । यहाँ बसोवास गर्ने आदिवासी जनजातिको आफ्नै भाषा, मौलिक संस्कृति र परम्परा छन् । यस क्षेत्रमा रक क्लाइम्बिङ, वाल क्लाइम्बिङ, प्याराग्लाइडिङ, साइक्लिङलगायत साहसिक गतिविधिको मजा लिन सकिन्छ । ४२० मिटर उचाइमा रहेको सोक्ला गुमडाँडाको भिरमा रक क्लाइम्बिङ गर्नका लागि पछिल्लो समय स्वदेशी र विदेशी पर्यटक लालयित हुने गरेका छन् । 

कसरी पुग्ने ?
काठमाडौंबाट सोक्ला भ्याली पुगेर फर्कनका लागि तीन दिन छुट्याए हुन्छ । पहिलो दिन झन्डै पाँच घण्टाको यात्रा गरेर चरिकोट पुग्न सकिन्छ । चरिकोटमा प्रशस्तै होटेल भएकाले त्यहीँ वास बस्न सकिन्छ । दोस्रो दिन उठेर दोलखा भीमसेन दर्शन गर्ने, खाना खाएपछि एक घण्टा ३० मिनेट पैदल ओरालो लागेर सोक्ला रक स्पट पुग्न सकिन्छ । दिनभर रक क्लाइम्बिङ गरेर बेलुकी होमस्टेमा वास बस्न सकिन्छ । तेस्रो दिन दुई घण्टा उकालो पैदल यात्रा गरेर दोलखा बजार आइपुग्ने र खाना खाएपछि काठमाडौं फर्कन सकिन्छ ।

ad
ad