Skip This
नेपाललाई जितका लागि १४४ रनको लक्ष्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ३० शुक्रबार
  • Saturday, 27 July, 2024
तस्बिर : एसियन क्रिकेट काउन्सिल
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ३० शुक्रबार १७:४४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाललाई जितका लागि १४४ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ३० शुक्रबार १७:४४:oo

एसिसी प्रिमियर कपमा नेपालले जितका लागि एक सय ४४ रनको लक्ष्य पाएको छ। ओमानकाे अल अमेरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले तीन विकेटको क्षतिमा एक सय ४३ रन बनाएको हो।

मलेसियाका लागि सर्वाधिक रन जोडेर क्याप्टेन वीरनदीप सिंह नटआउट रहे। ५७ बल सामना गरेका उनले चार चौका र चार छक्काको मद्दतमा ७२ रन जोडे।

सरविन मुनिएन्डीले ४१ तथा मोहम्मद अमिरले १६ रन बनाएर पेभेलियन फर्किए। सैयद अजिजले ६ रन बनाउँदा नज्मुस साकिबले नटआउट तीन रन जोडे।

बलिङतर्फ नेपालले मध्यमस्तरको प्रदर्शन गरेको छ। दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराबाहेक अन्य बलर विकेटविहीन रहे। दीपेन्द्रले चार ओभरमा दुई विकेट लिएर १४ रन मात्र खर्च गरे। चार ओभर नै बलिङ गरेका अविनाशले २८ रन खर्चेर एक विकेट हात पारे।

तुलनात्मक रूपमा गुल्सन झा र करण केसी केही महँगा देखिए। एक ओभर बलिङ गरेका गुल्सनले १२ रन तथा दुई ओभरमा करणले २१ रन खर्च गरे।