
पर्फेक्ट फिटिङ : तपाईंले लुज कपडा लगाउँदा उमेर धेरै भएजस्तो देखिन्छ । भर्खरको देखिनका लागि न त धेरै लुज, न धेरै टाइट अर्थात् तपाईंको शरीरमा फिट हुने कपडा लगाउनुपर्छ ।
सही कलर : ब्ल्याक कलरको सुट र ह्वाइट कलरको सर्टलाई युनिभर्सल कम्बिनेसन मानिन्छ । गहुँगोरो स्किन भएकालाई साइनिङ कलर छनोट गर्दा राम्रो देखिन्छ । रंंगीचंगी सर्ट रोज्नुको साटो एकै कलरको सर्ट रोज्नुभयो भने राम्रो हुन्छ । दिउँसोको समयमा ह्वाइट, लाइट ब्लुजस्ता लाइट कलरका सर्ट छान्नुस् । यदि रातको समारोह छ भने डार्क, नेभी ब्लु, मरुनजस्ता डार्क कलरका सर्ट छान्नुपर्छ । यदि सर्टमा प्याटर्न टाई गर्न चाहनुहुन्छ भने छोटो–छोटो प्याटर्नको सर्ट छान्नुहोस् ।
पाइन्टको सही लेन्थ : पाइन्ट छान्दा सही लेन्थको छान्नुस् । तपाईंको पाइन्टको लेन्थ धेरै लामो भयो भने राम्रो देखिँदैन । धेरै छोटो पनि सुहाउँदैन ।
घडी लगाउनुस् : फर्मल ड्रेसमा घडी पनि महत्वपूर्ण मानिन्छ । घडीले तपाईंको व्यक्तित्वलाई खुलाउन मद्दत गर्छ । लेदरवाला वा सिम्पल मेटल वाच लगाउनुस् । लेदर वाच लगाउँदा त्यसलाई आफ्नो लेदर बेल्ट र जुत्ताको कलरसँग म्याच गर्नुपर्छ ।
सिम्पल बेल्ट : फर्मल आउटफिटमा बेल्टको महत्वपूर्ण भूमिका हुन्छ । बेल्ट र जुत्ताको म्याचिङ हेरिन्छ । तपाईंको बेल्टको कलर जुत्ताको कलरसँग म्याच हुनुपर्छ । जस्तो– ब्राउन जुत्ता लगाउँदा बेल्ट पनि ब्राउन नै लगाउनुभयो भने राम्रो हुन्छ ।
फर्मल जुत्ता : फर्मल पहिरनका लागि जुत्ता अझै महत्वपूर्ण हुन्छ । छालाका साधारण खाले जुत्ता लगाउँदा राम्रो हुन्छ । मोजा लगाउन नबिर्सनुस् । तपाईंको आउटफिटसँग यसको राम्रो कनेक्टिभिटी हुनुपर्छ । तपाईंले आफ्नो मोजालाई पाइन्टको कलरसँग म्याच गर्नुपर्छ । रंगीचंगी मोजा नछान्नुस् ।