१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २२:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

त्रिभुवन आर्मीलाई हराउँदै मच्छिन्द्र क्लब जितपुरसिमरा गोल्डकपकाे सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २२:४४:oo

विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४औँ जितपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति सिमरा रंगशालामा भएको प्रतिष्पर्धात्मक खेलमा आर्मीविरुद्ध मच्छिन्द्रले १–० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो। 

मच्छिन्द्रको जितमा खेलको ६९औँ मिनेटमा शौरभ लिम्बूले गरेको एक मात्र गोल निर्णायक बन्यो। ६३औँ मिनेटमा अभिषेक गुरुङको स्थानमा मैदान प्रवेश गरेका लिम्बूले आर्मीका गोलरक्षक विकेश कुथुको गल्तीको फाइदा उठाउँदै सहजै गोल गरेका थिए । 

मैदानको मध्यभागबाट बलअघि बढाएका विमल घर्तीमगरको पासमा सौरभले डिबक्स बाहिरैबाट बललाई गोलपोष्टको दिशा दिएका थिए । मच्छिन््रद्रको प्रयासलाई रोक्न डि–एरिया बाहिरै आइपुगेका आर्मीका गोलरक्षक कुथुलाई बिट गर्दै सौरभले सुन्दर गोल गरेका हुन् ।

८८औँ मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । आर्मीका डिफेन्डर बिमल पाण्डेले मच्छिन्द्रका विमल घर्तीमगरलाई डिबक्सभित्र लडाएपछि एन्फा रेफ्री उमेश बिँडारीले मच्छिन्द्रलाई पेनाल्टी मौका दिएका थिए । मच्छिन्द्रका देवेन्द्र तामाङको पेनाल्टी प्रहार क्रसबारमाथिबाट बाहिरियो । 

राष्ट्रिय टिमका चर्चित अनुहारहरु सिमरा रंगशालामा उत्रिँदा रंगशालामा उपस्थित पाँच हजारभन्दा बढी दर्शक उत्साहित देखिन्थे । प्रतिष्पर्धात्मक खेलमा दुवै टिमले आकर्षक अवसरहरु सिर्जना गरे पनि पहिलो गोलका लागि ६९ मिनेटसम्म कुर्नु परेको थियो ।

खेलको म्यान अफ दि म्याच मच्छिन्द्र फुटबल क्लबका मनीष डाँगी घोषित भए । उनले १० हजार नगदसहित ट्रफी प्राप्त गरे । बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल र शुभारम्भ कलेजका निर्देशक अनिल चौधरीले म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताअन्तर्गत बुधबार आयोजक नवजनजागृति युवा क्लब सिमरा र नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

ad
ad