१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तस्बिर साैजन्य : प्रदीपराज वन्त
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार ११:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सदनको अवरोध खोल्न प्रधानमन्त्रीनिवासमा सर्वदलीय बैठक

दिदीको निधनपछि झापा जाने कार्यक्रम रद्द गरेर सभामुख घिमिरे बैठकमा सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:४७:oo

प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म सदन चल्न नदिने अडान राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि आज पनि अग्रसरता देखाएका छन्।

सोही क्रममा प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरेसहित सत्तासीन दलहरू र कांग्रेससमेतको सहभागितामा बैठक चलिरहेको छ।

बैठकमा सत्तासीन दलहरू एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने तथा कांग्रेस महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला सहभागी छन्।
 
सभामुख घिमिरे आफ्नै दिदीको निधनको खबर थाहा पाएर पनि झापा जाने कार्यक्रम रद्द गरेर सदन खुलाउने प्रयासका लागि बैठकमा सहभागी भइरहेका छन्।


कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने स्वयं सहकारी ठगीमा संलग्न रहेकाले प्रहरीको अनुसन्धान प्रभावित गरिरहेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ।


यसअघि सदनमा गृहमन्त्रीसँग जोडिएको कार्यतालिमा मात्र अवरोध गर्दै आएको कांग्रेसले अब संसद् बैठक नै चल्न नदिने निर्णय गरिसकेको छ।  आजै बिहान बसेको संसदीय दलको बैठकबाट कांग्रेसले यस्तो निर्णय गरेको हो। सत्तारूढ दलहरू भने कांग्रेसले निरर्थक आरोप लगाएको भन्दै संसदीय समितिको विपक्षमा छन्।

ad
ad