१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १४:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्वमन्त्री अब्दुल खान सवार गाडी धादिङमा दुर्घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १४:o४:oo

पूर्वमन्त्री तथा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी दुर्घटनामा परेकाे छ। 

काठमाडौंबाट चितवन जाँदै गरेको बिएसी २७३५ नम्बरको उपाध्यक्ष खान सवार गाडी धादिङको कृष्णभिरमा दुर्घटना भएको हो।

उपाध्यक्ष खानसहित गाडीमा चारजना सवार थिए। अर्को गाडी जोगाउन खोज्दा उनी सवार गाडी भित्तामा ठाेक्किएको थियो। दुर्घटनामा खानसहित गाडीमा सवार चारैजना सामान्य घाइते भएका छन्।

उनीहरूको मलेखु राजमार्ग सामुदायिक अस्पतालमा उपचारपछि काठमाडौंकाे ट्रमा सेन्टर रेफर भएको धादिङका एसपी गौतम कसीले जानकारी दिए। केसीका अनुसार खानको  देब्रे हात र चालकको छातीमा चाेट लागेको छ। अन्य दुईजनाकाे पनि टाउकाे र हातमा चाेट लागेकाे छ। 


 

ad
ad