१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ बैशाख १८ मंगलबार २२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शौचालय निर्माण गर्न आएको रकममा भ्रष्टाचार, प्रधानाध्यापकलाई ६ महिना कैद

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २२:२४:oo

कास्कीस्थित एक विद्यालयका प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 
विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले यस्तो फैसला गरेको हो ।

विशेष अदालतले आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित श्री कैलाश टेत्सुओ प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेललाई भ्रष्टाचार गरेको भन्दै सजाय सुनाएको छ । उनले १२ वर्षअघि भ्रष्टाचार गरेको भन्दै यसै वर्ष जेठमा मुद्दा दायर भएको थियो । 

विशेषका अनुसार प्रधानाध्यापक पौडेललाई ६ महिना कैद र तीन लाख १२ हजार रुपैयाँ जरिवाना हुने भएको छ । विद्यालयलाई हानिनोक्सानी गराएबराबरको उक्त बिगो रकम असुलउपरसमेत हुने फैसलामा छ । 

आर्थिक वर्ष ०६७/६८ मा जिल्ला शिक्षा कार्यालयबाट विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको दुई लाख रुपैयाँ प्रधानाध्यापक पौडेलले हिनामिना गरेका थिए । उनले विद्यालयको नाममा रहेको अक्षयकोषको एक लाख १२ हजारसमेत मासेका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध २८ जेठ ०८० मा विशेषमा मुद्दा दायर गरेको थियो । पौडेलले शौचालय निर्माणका लागि आएको रकम बैंकबाट झिके पनि निर्माणका लागि कुनै पहल नगरेको पाइएको थियो भने बेरुजु खातामा राख्न भनी शिक्षा कार्यालयको निर्देशन पनि अटेर गरेका थिए ।

ad
ad