Skip This
दुध र गोबर बेचेर मासिक एक लाख ५० हजार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २५ आइतबार
  • Saturday, 27 July, 2024
२o८o चैत २५ आइतबार १३:२o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुध र गोबर बेचेर मासिक एक लाख ५० हजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २५ आइतबार १३:२o:oo

धनगढी उपमहानगरपालिका– ३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु. एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ। 

सामुदायिक रूपमा सञ्चालित गौशालाले दुध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो। गौशालामा सातजनाले  रोजगारी पनि पाएका छन्। 

०७५ वैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले एक सय ११ गाई छन्। गौ संरक्षण सेवा समिति गठन गरेर छाडा छाडिएका गाई पाल्न सुरु गरिएको गौशाला सुदूरपश्चिम सरकार, धनगढी उपमहानगरपालिका र स्थानीय चन्दादाताबाट रकम संकलन गरेर स्थापना गरिएको हो।

धनगढी उपमहागरपालिका– ३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ। सुरुमा चन्दाबाट चलाइएको गौशालाले अहिले दुध र गोबरबाट आम्दानी लिन थालेको गौशालाकी प्रबन्ध निर्देशक रिता अवस्थीले बताइन्। 

निर्देशक अवस्थीका अनुसार गौशालामा दैनिक २५ लिटर दुध बिक्रीबाट मासिक रु. ६७ हजार पाँच सय गोबर बिक्रीबाट मासिक रु. ५० हजार र गौदानबाट रु. २५ हजार आम्दानी भइरहेको छ। सो आम्दानीबाट सात कर्मचारीलाई वर्षभरि रोजगारी दिन सफल भएको उनले बताए। 

सडकमा छाडिएका गाईको दयनीय अवस्था देखेर स्थानीय भोजराज पाठकको अध्यक्षतामा गौ संरक्षण सेवा समिति गठन गरी गौशाला निर्माण र गाईको आहाराको व्यवस्था गर्न धनगढीका विभिन्न ७० जनाले दानस्वरूप रकम उपलब्ध गराएका थिए।

चन्दादाताबाट प्राप्त रकमले गाईको आहार व्यवस्थापन हुँदै आएको छ। गौशालामा भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारबाट रु. ४० लाख, धनगढी उपमहानगरपालिकाबाट रु. १० लाख र तत्कालीन प्रदेश सभा सदस्य डिल्लीराज पन्तबाट रु. आठ लाख बजेट उपलब्ध भएको जनाइएको छ। रासस