१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १३:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:o३:oo

गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ। जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बिहीबार मैत्री यातायात सेवाको शुभारम्भ गरेका हुन्।

अहिले १० वटा माइक्रोबस सञ्चालनमा आएका छन्। संस्था आफैँ पनि मैत्री, गाडी वातावरणमैत्री र लगानीकर्ताहरू अधिकांश युवा भएको भन्दै खत्रीले युवामैत्री व्यवसायलाई सफलताको शुभकामना दिए।

गुल्मी पश्चिमको सिमलटारीदेखि तम्घास, पाल्पा र बुटवलदेखि सुनौलीसम्म सेवा प्रदान गर्ने मैत्री यातायातका सञ्चालक तिलाचन पाण्डेयले जानकारी दिए। तम्घासदेखि बुटवलसम्मको भाडा प्रतिव्यक्ति पाँच सय ६५ रुपैयाँ रहेको छ। १४ जनाको सिट क्षमता, वाइफाई, सिसिटिभी र जिपिएस सुविधा रहेको पाण्डेयले बताए।

भाडा कम, सुविधा धेरै प्रदान गरेर स्वच्छ प्रतिस्पर्धामार्फत नागरिकमैत्री सेवा प्रदानमा जोड दिने सञ्चालक समिति अध्यक्ष शंकरप्रसाद गौतमको भनाइ छ। डिजेल गाडीको तुलनामा २५ प्रतिशत भाडा कम रहेको उनले जानकारी दिए। कम्पनीले तम्घास र रिडीमा चार्जिङ स्टेसन निर्माण गरेको छ भने आफ्नै टिकट काउन्टर हुनेछन्। प्रधान कार्यालय मैत्री बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय तम्घासमा नै राखिएको छ।

१५ गाडी चलाउँदै आँगन सेवा
गुल्मी तम्घासबाटै आँगन सेवा यातायात प्रालिले पनि १५ वटा विद्युतीय गाडी सञ्चालन गर्दै छ। कम्पनीका सञ्चालक किरण कुँवरका अनुसार गाडीहरू बुकिङ भइसकेकाले केही समयमै सेवा प्रारम्भ हुनेछ।

कम्पनीमार्फत ३० युवाले लागनी गरेका छन्। प्रतिव्यक्ति करिब १० लाख रुपैयाँ लगानी गरिएको कुँवरले बताए।

ad
ad