कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्। मुख्यमन्त्री शर्माले बुधबारको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामाकाे घाेषणा गरेका हुन्।
मंगलबार (हिजो) विश्वासको मत लिने तयारी गरेका शर्माले अन्ततः केन्द्रको दबाब थेग्न नसकेर राजीनामा दिन तयार भएका हुन्।
प्रदेश सभालाई सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयन गरी गणतन्त्र र संघीयताको संस्थागत विकास गर्नुको सट्टा देशको राजनीति संसदीय अंकगणितको भद्दा प्रहसर्नमा मात्र रुमल्लिएको भन्दै असन्तुष्टि पोखे।
नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेश एमालेका भागमा परेको थियो। त्यसपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री शर्मालाई राजीनामा दिन भनेका थिए। तर, शर्माले राजीनामा नदिने बरु प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्ने अडान लिँदै आएका थिए।