१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १२:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भित्रियो होन्डाको एनएक्स–२००

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:o९:oo

 दुईपांग्रे सवारीसाधन होन्डाले आफ्नो नयाँ बाइक एनएक्स–२०० नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सिटी राइडिङ र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त मानिएको बाइक नेपाली बजारमा ल्याएको हो । 

यो बाइकको ‘अप–राइट पोजिसन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ । यो बाइकमा उपलब्ध ‘वाइन्ड भाइजर’ र ‘एलइडी विंकर’सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाउनुका साथै बाइकलाई झनै आकर्षक बनाएको कम्पनीले जनाएको छ । ‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्ने गरी चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि यसको थप विशेषता रहेको कम्पनीको जिकिर छ ।

इन्धन बचत पनि महत्वपूर्ण विशेषता रहेको यो बाइकमा १० वर्षसम्मको वारेन्टी प्याकेजमा ल्याएको कम्पनीले जनाएको छ । हाललाई विभिन्न चार रङहरूमा उपलब्ध यसको सुरुवाती बिक्री मूल्य चार लाख ७९ हजार नौ सय रुपैयाँ तोकिएको छ । 

ad
ad