Skip This
अमेरिकामा एरिकाले जितिन् स्वर्ण र रजत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २० मंगलबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत २० मंगलबार o८:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अमेरिकामा एरिकाले जितिन् स्वर्ण र रजत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत २० मंगलबार o८:२६:oo

नेपालकी कराँते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराँते च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत जितेकी छिन् ।

आइतबार राति यू–२१ इलिटतर्फको ६८ केजी तौल समूहमा एरिकाले स्वर्ण भिडन्तमा क्यानडाकी खेलाडीलाई ९–० को एकपक्षीय स्कोरमा हराउँदै पदक जितेकी हुन् । एरिकाले सिनियर इलिटको ६८ केजीमाथि रजत हात पारेकी छिन् । 

उनी फाइनलमा अमेरिकी खेलाडीसँग ३–२ ले पराजित भइन् । चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा एरिकाले नेपाललाई ऐतिहासिक रुपमा रजत दिलाएकी थिइन् ।