१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पावर बैंक किन्दा यी कुरामा ध्यान दिऔँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:२o:oo

स्मार्टफोनको प्रयोग बढ्दै छ । आफ्नो कामका लागि मानिसहरू यसैमा निर्भर भएका हुन्छन् । तर, कतिपय अवस्थामा चार्ज सकिएर समस्या हुन्छ र चार्ज गर्न पनि सुविधा उपलब्ध हुँदैन । यस्तोमा पावर बैंक निकै सहयोगी मानिन्छ । तर, पावर बैंक किन्दा केही कुरा ख्याल गर्न जरुरी छ :

पावर बैंकको क्षमता : फोनको ब्याट्री क्षमताभन्दा कम्तीमा साढे दुई गुणा ज्यादा क्षमताको पावर बैंक किन्नु राम्रो हुन्छ । जसकारण फोन झन्डै दुईपटक पूर्ण रूपमा र एकपटक ५० प्रतिशत चार्ज गर्न मिलोस् । उदाहरणका लागि फोनको ब्याट्री पाँच हजार एमएएचको छ भने १० हजारदेखि १५ हजार एमएएच क्षमताको पावर बैंक लिनु राम्रो हुन्छ । 

चार्जिङ प्वाइन्ट : पावर बैंक किन्दाको समय चार्जिङ प्वाइन्टमा ध्यान दिनुपर्छ । बजारमा त्यस्ता धेरै पावर बैंक पाइन्छन्, जसले युएसबी केवलमार्फत मात्रै काम गर्छन् । यस्ता पावर बैंक किन्दा फोन चार्ज गर्नमा समस्या आउन सक्छ । 

संख्या : पावर बैंकले एकपटकमा कतिवटा डिभाइस चार्ज गर्न सक्छ, यस विषयमा पनि ध्यान दिन जरुरी छ । कम्तीमा एकपटकमा दुईवटा फोन चार्ज गर्न सक्ने पावर बैंक किन्नुपर्छ । 

भोल्टेज : पावर भोल्टेज निकै जरुरी छ । पावर बैंकको आउटपुट भोल्टेज फोनको बराबर भएन भने चार्ज हुन सक्दैन । त्यसैले आफ्नो फोनसमानको आउटपुट भोल्टेज भएको पावर बैंक लिनुपर्छ ।

ad
ad