१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालले गुमायो टी–२० सिरिज

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१७:oo

आयरल्यान्ड ‘ए’विरुद्ध फिनिसिङमा चुक्दा एक खेलअघि नै नेपालले सिरिज गुमाएको हो

नेपालको राष्ट्रिय पुरुष क्रिकेट ‘ए’ टोलीले आयरल्यान्ड ‘ए’ टोलीविरुद्ध एक खेलअगाडि नै टी–२० सिरिज गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाएर दुई सय २४ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपाल १७.५ ओभरमा एक सय ८४ रनमै समेटियो । उत्कृष्ट सुरुवात गरेको नेपाल अन्तिममा पुनः एकपटक फिनिसिङमा चुक्दा ४० रनले पराजित भयो । नेपालले सिरिजमा आयरल्यान्ड ‘ए’ सँग बरबरी गर्न दोस्रो खेल जित्नैपर्ने थियो । यसअघि पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । यसैकारण दोस्रो खेलमा नेपालको हारमा आयरल्यान्ड ‘ए’ ले एक खेलअगाडि नै सिरिज प्राप्त गर्ने समीकरण थियो ।

नेपालका कप्तान विनोद भण्डारीले खेलाडीमा अनुभव कम भएका कारण पराजित भएको प्रतिक्रिया दिएका छन् । पहिलो तथा दोस्रो खेलमा नेपालले आयरल्यान्डलाई लक्ष्य पछ्याउँदा चुनौती दिएको थियो । तर, मध्यक्रम र पुछारका ब्याट्सम्यानले आ–आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा नेपाल सिरिज गुमाउन पुगेको हो । कप्तान विनोदले दुवै खेलमा नेपाल नै हाबी भएको दाबी गरेका छन् । ‘यदि दुवै खेलका समीक्षा गरौँ भने हामी नै माथि थियो,’ उनले भने, ‘तर १० ओभरपछि संयमित रूपमा ब्याटिङ भएन, यसैलाई हारको कारण मान्न सकिन्छ ।’ 

बलिङ पक्षमा अन्तर्राष्ट्रिय एक्सपोजर खासै नभएको नेपालका बलरमाथि आरल्यान्डका ब्याट्सम्यान हाबी भएका थिए । आयरल्यान्डले दुवै खेलमा नेपालविरुद्ध दुई सय रनको योगफल कटाएको थियो । ब्याटिङसाथै बलिङसमेत कमजोर रहँदा नै आयरल्यान्ड ‘ए’का ब्याट्सम्यान हाबी भएको उनको भनाइ छ । ‘दुवै खेलमा आयरल्यान्डले हामीविरुद्ध दुई सय रनको योगफल पार गरेको थियो । टी–२० फम्र्याटमा यस किसिमको योगफल पछ्याउन गाह्रो हुन्छ, साथै दबाब पनि उत्तिकै रहने गर्छ,’ उनले भने । 

आयरल्यान्ड ‘ए’को ब्याटिङमा २० छक्का
आयरल्यान्ड ‘ए’ ब्याट्सम्यानले नेपालका बलरविरुद्ध निर्मलतापूर्वक बाउन्ड्री लगाए । पहिलो ब्याटिङमा बाउन्ड्रीको रोमाञ्चकताले भरिपूर्ण भए पनि बलरको प्रदर्शन फितलो भएको स्पष्ट देखिन्थ्यो । नेपालको कमजोर बलिङ पक्षको फाइदा उठाउँदै आयरल्यान्डका ब्याट्सम्यानले एकै इनिङ्समा २० छक्का प्रहार गरे । इनिङ्समा सर्वाधिक ६५ रनको योगदान दिएका पिटर मुरले सर्वाधिक सात छक्का लगाए । उनले २६ बलमा तीन चौका प्रहार गरे । छैटौँ क्रममा ब्याटिङ गरेका कप्तान निल रोकले ३४ बलमा ७१ रन जोड्दा सातै छक्का ठोके । उनले एकपटक मात्र चौका हिर्काए । 

ओपनर रोस आदिरले २० बलमा १७ रन जोड्न समान एक छक्का र चौका लगाए । जेम्स म्याकुलमले १३ बलमा तीन चौका र दुई छक्का प्रहार गरी २६ रन जोडे । इनिङ्सको एक समय आयरल्यान्ड ८.३ ओभरमा ६६–४ को कमजोर अवस्थामा थियो । त्यसपछि पिटर र रकबीच पाँचौँ विकेटका लागि ६१ रनको विस्फोटक साझेदारी भयो । उनीहरूले आयरल्यान्डलाई १२७–५ को अवस्थामा राखे । रकले विकेटको एकछेउमा आक्रामक रूपमा ब्याटिङ गरिरहँदा गेराथ डेलानी र फिओन हेड गतिलो साथ दिए । गेराथले ८ बलमा एक छक्काको सहयोगमा १० रन बनाए । फिओनले दुई छक्काको सहयोगमा १९ रन जोडे । 

पावर प्लेपछि नेपाल कमजोर
दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा उत्कृष्ट सुरुवात गरेको थियो । नेपालले ६ ओभरको समाप्तिसम्म एक विकेट गुमाएर ८७ रन जोडेको थियो । हातमा नौ विकेट बाँकी रहँदा नेपालले १४ ओभरमा एक सय ३८ रन बनाउनुपर्ने थियो । पावर प्लेपछि नेपालले प्रतिओभर ९.५ रनरेटमा ब्याटिङ नै जितका लागि काफी थियो । तर, पावर प्ले पछि निरन्तर रूपमा विकेट गुमाउँदा नेपाल लक्ष्य सम्म पुग्न सकेन । ओपनर लोकेश बलमे १३ बलमा तीन चौका र दुई छक्का प्रहार गरी २५ रन जोडे । देव खनालले २५ बलमा सात चौकाको सहयोगमा ४७ रन बनाए । कप्तान विनोद भण्डारीले १३ बलमा तीन छक्का र एक चौकाको सहयोगमा २६ रन जोडे । इनिङ्सको ९.३ ओभरमा नेपालले ११६–४ को प्रदर्शन गरेको थियो । बसिर अहमेदले मध्यक्रममा २७ रन बनाए । अन्य खेलाडीले गतिलो योगदान दिन नक्दा नेपाल ४० रनले पराजित भयो । 

यसअघि, नेपालका बलर निकै खर्चिलो देखिए । कमल ऐरीले एक विकेट लिन ४१ रन खर्चे । विपिन खत्रीले ४३ रन खर्चिँदा विकेटविहीन भए । पवन सराफले ३४ रन र आरिफ सेखले दुई ओभरमा ३३ रन दिए । उनको इकोनोमी १६.५० रहेको थियो

ad
ad