१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

बागमतीमा एमालेका जगन्नाथ थपलिया मन्त्री बन्दै, आजै शपथको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:२८:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेका जगन्नाथ थपलियालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। यसअघि मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टीका शैलेन्द्र बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारीमन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार थपलियालाई प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ। थपलियालाई आजै शपथ गराउने तयारी भएको बुझिाएको छ।

यसअघि पहिलोपटक एमाले माओवादी गठबन्धनको सरकारमा पनि थपलिया आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए। माओवादीले एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन बनाएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।

एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले आजै एमालेका तर्फबाट थपलिया एकजना मात्रै मन्त्री बन्ने जानकारी दिए। १९ चैतमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएपछि एमालेले बाँकी मन्त्रीहरूको टुंगो लगाएर सरकारमा सहभागी गराउने प्रमुख सचेतक पौडेलले बताए।

२३ फागुनमा तत्कालीन सत्तासाझेदार दल कांग्रेस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको साथ लिएर १९ गते विश्वासको मत लिने तयारी गरेका छन्।

ad
ad