१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
महिला ५० केजीमा सुष्मा तामाङ (रातो) प्रतिद्वन्द्वी अस्मिता दुलाललाई मुक्का प्रहार गर्दै
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

उपाधि भिडन्त सुष्मा र रमिशाबीच

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२४:oo

लुम्बिनीकी सुष्मा तामाङ र बागमतीकी रमिशा श्रेष्ठ छैटौँ वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत महिला ५० केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको शुक्रबार भएको सेमिफाइनलमा सुष्माले कर्णालीकी अस्मिता दुवाललाई हराउँदै अन्तिम दुई स्थान पक्का गरिन् । रमिशाले नेपाल आर्मीकी आरती बम्जनलाई हराउँदै सुष्मासँगको उपाधि भिडन्त पक्का पारिन् । महिला ५४ केजीमा बागमतीकी रक्षा जिसीले गण्डकीकी सोनिया बडुवाललाई हराउँदै फाइनल स्थान पक्का गरिन् । नेपाल प्रहरीकी अञ्जली तेलीले आर्मीकी लालुमाया खत्री क्षेत्रीलाई निराश पार्दै अन्तिम दुई स्थान सुरक्षित गरिन् ।

महिला ५७ केजीको पहिलो सेमिफाइनलमा आर्मीकी वर्षा श्रेष्ठले प्रहरीकी निशा तामाङलाई हराइन् । कोशीकी नारिका राईले लुम्बिनीकी ललिता बस्नेतलाई पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेकी छिन् । महिला ६० केजीमा आर्मीकी ललिता महर्जनले कोशीकी जोनु लिम्बूमाथि सहज जित निकाली फाइनल स्थान बनाइन् । एपिएफकी संगीता सुनारले बागमतीकी नतिशा रानामगरलाई पन्छाउँदै फाइनलमा स्थान बनाइन् । महिला ६६ केजीको पहिलो सेमिफाइनलमा आर्मीकी निरू गुरुङले सुदूरपश्चिमकी सञ्जिता चौधरीलाई हराइन् । एपिएफकी विनिता थापामगरले कर्णालीकी अस्मिता चन्दको चुनौती पन्छाउँदै फाइनलमा स्थान सुरक्षित गरेकी छिन् । 

महिला ७५ केजीमा एपिएफकी सरस्वती रानाले लुम्बिनीकी जुनमायालाई निराश पारिन् । आर्मीकी तृषा जबेगूले कर्णालीकी शिलु महर्जनमाथि जित दर्ता गर्दै फाइनल सुरक्षित गरेकी छिन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा फाइनल पुग्ने खेलाडीको टुंगो लागेको छ । पुरुष ५१ केजीमा प्रहरीका चन्द्रबहादुर थापाले बागमतीका लालप्रसाद उप्रेतीलाई हराउँदै अन्तिम दुई स्थान पक्का गरे ।  

भूपेन्द्र फाइनलमा
पुरुषतर्फको ६३.५ केजीमा प्रहरीका भूपेन्द्र थापाले गण्डकीका निश्चल गुरुङमाथि सहज जित निकाले । आर्मीका खगेन्द्र रोकामगरले लुम्बिनीका अनिलकुमार पुनलाई हराउँदै भूपेन्द्रसँगको स्वर्ण भिडन्त पक्का पारे । ७१ केजीमा एपिएफका विक्रम चौधरीले बागमतीका अश्विनधिरन श्रेष्ठलाई हराए ।

ad
ad