१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १६ शुक्रबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत १६ शुक्रबार o५:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : स्वप्न कक्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत १६ शुक्रबार o५:५३:oo

एक सहरमा एक असल मानिस बस्थे । उनको नाम पूर्ण थियो । उनी निकै मिहिनेती र इमानदार थिए । अरूलाई सहयोग गर्न उनी जहिल्यै तयार रहन्थे । यस्तो असल गुण हुँदाहुँदै पनि उनले जीवनमा खासै सफलता पाउन सकेनन् । उनी सपना पूरा गर्न इमानदारीपूर्वक मिहिनेत त गर्थे, तर त्यसलाई प्राप्त गर्न असफल हुन्थे । एक दिन अचानक उनको मृत्यु भयो । असल कर्मका कारण देवदूतले उनलाई स्वर्ग लगे ।

स्वर्ग पुग्दा पूर्ण निकै खुसी भए । देवदूतले पूर्णलाई उनको निवाससम्म पु¥याइदिए । भव्य भवनको बाहिर ‘पूर्ण निवास’ लेखिएको थियो । देवदूतले उनलाई घरका भित्री कोठाहरू देखाए । यो तपाईंको शयन कक्ष, यो तपाईंको मनोरञ्जन कक्ष भनेर कोठाहरू चिनाउँदै देवदूतले उनलाई एक अर्को कक्षबाहिर पु¥याए । जसको ढोकामा ‘स्वप्न कक्ष’ लेखिएको थियो । 

भित्र पस्नासाथ पूर्ण स्तब्ध बने । त्यहाँ धेरै सामग्रीको ससाना प्रतिरूप राखिएका थिए । ती तिनै घर, गाडी, पद र सुख–सुविधाका प्रतिरूप थिए, जसलाई कुनै समय पूर्णले जीवित रहँदा पाउने कल्पना गरेका थिए । 

पूर्णले ती प्रतिमूर्ति देखाउँदै भने– हे देवदूत ! यी सबै वस्तु, पद आदि मैले जीवित रहँदा प्राप्त गर्ने कल्पना गरेको थिएँ, त्यसका लागि खुब मिहिनेत पनि गरेँ । तर, धर्तीमा रहुन्जेल मैले केही पनि पाइनँ । यहाँ यी ससाना प्रतिरूप राख्नुको अर्थ के हो ?

देवदूतले भने– हरेक मान्छेले जीवनमा धेरै चाहना राख्छ । तीमध्ये थोरै चाहना पूरा गर्न गम्भीरतापूर्वक मिहिनेत गर्छ । ईश्वर र यो सिंगो ब्रह्माण्डले ती सपना पूरा गर्न उसलाई सहयोग पनि गर्छन् । तर, कैयौँपटक मानिसले आफ्नो सपना पूरा हुनुअघि नै प्रयास बन्द गर्छ । यहाँ राखिएका यी ससाना प्रतिमूर्तिले तिनै अधुरा, अपूरा सपनालाई दर्साउँछन्, जसलाई प्राप्त गर्न तिमीले धेरै मिहिनेत गरेका थियौ । जब ती तिमीलाई दिने तयारी हुँदै थियो, तिमीले हिम्मत हा¥यौ, हरेस खायौ र पछि हट्यौ । हो, तिनैको प्रतिरूप यहाँ राखिएका हुन् ।

ad
ad
ad
ad