१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

गणेशमान स्मृति बुद्धिचाल १४ वैशाखमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:o९:oo

नवौँ राष्ट्रिय खुला गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता १४ देखि १९ वैशाखसम्म हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुने प्रतियोगिताको विजेताले सलुटो यामाहा मोटरसाइकल प्राप्त गर्नेछन् ।

उपविजेताले ८० हजार र तेस्रो हुने खेलाडीले ५० हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ३४ राष्ट्रिय खेलाडीले सहभागिता जनाउनेछन् । बुद्धिचाल खेल लिग कम नकआउटका आधारमा खेलाइने संयोजक राजु ताम्राकारले जानकारी दिएका छन् ।

सात चरणको लिग खेलपछि शीर्ष चार खेलाडी सुपर नकआउटमा प्रवेश गर्नेछन् । बाँकी खेलाडी लिगको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । सुपर लिगमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ हात पार्नेछन् ।

महिलाकी च्याम्पियनले १० हजार र उपविजेताले आठ हजार रुपैयाँ जित्नेछन् । प्रतियोगिताका उत्कृष्ट भेट्रान, उत्कृष्ट रेटेडसँगै यू–१९ विधामा पहिलो हुने खेलाडीले जनही पाँच हजार रुपैयाँ हात पार्नेछन् । 

 

ad
ad