मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १३ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत १३ मंगलबार o९:५६:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जलविन्दुको उपचार कसरी गर्ने ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत १३ मंगलबार o९:५६:oo

जलविन्दु आँखाको दृष्टिनाशक रोग हो । यसले बिस्तारै दृष्टि घटाउँदै लग्छ । धेरैजसो जलविन्दु लागिसकेपछि मात्रै अस्पताल आउने गर्छन् । तर, जलविन्दुले नाश गरेको दृष्टि फर्काउन नसकिने भएकाले वेलैमा यसको पहिचान र उपचार गर्न आवश्यक छ । 

यसमा आँखाको प्रेसर (आइओपी) बढेर आँखाको नसा र तन्तुलाई असर गर्छ । दृष्टि घट्ने, दृष्टि नसा सुक्दै जाने हुन्छ । यसले अन्धोपनमा पु¥याएपछि दृष्टि फर्कन सक्दैन । यो मोतीविन्दुपछि दृष्टि गुम्ने दोस्रो कारण हो । नेपालमा कुल जनसंख्याको दुईदेखि तीन प्रतिशतमा जलविन्दु भएको अनुमान गरिन्छ । 

लक्षण 
- सुरुको स्टेजमा जलविन्दु भइरहेको थाहै हुँदैन । 

- जलविन्दु बढ्दै गएपछि टाउको दुख्ने, बान्ता हुन खोज्ने, छेउछाउको दृष्टि घट्दै जाने, चस्मा लगाएको छ भने आँखाको पावर चाँडै चेन्ज गर्नुपर्ने अवस्था निम्तिने, बत्ती वा टुकीहरूमा हेर्दा रंगीचंगी घेराहरू देखिनेलगायत लक्षण देखिन्छ । 

- जलविन्दुलाई ओपन एंगल ग्लुकोमा र क्लोज एंगल ग्लुकोमा भनेर वर्गीकरण गरिन्छ । धेरैजसोमा ओपन एंगल समस्या देखिएकोे हुन्छ । क्लोज एंगल भएकाहरूमा आँखा दुख्ने, प्रेसर बढ्नेलगायत लक्षण देखिन सक्छ । 

- यसले बिस्तारै असर गर्दै जान्छ । दृष्टि नसाका स्नायुहरूलाई क्रमशः नाश गर्दै गर्दै लगेर दायाँ–बायाँ, तल–माथि नदेखिने बीच भाग मात्रै देखिने हुन्छ । यस अवस्थालाई टनेल भिजन पनि भनिन्छ ।

बच्न के गर्ने ?
- कसैको परिवारमा जलविन्दु छ भने परिवारका अन्य सदस्यले पनि चेकजाँच गराउने । 

- सुगरका बिरामी, प्रेसरका बिरामी, आँखाको प्रेसर बढी भएकाहरूले कम्तीमा वर्षमा एकपटक जाँच गराउनुपर्छ । 

- स्टोराइडजस्ता कडाखाले औषधि प्रयोग गर्ने बिरामीले पनि आँखाको चेकजाँच समय–समयमा गर्नुपर्छ । 

- आँखाको पावर, एलर्जीलगायत विभिन्न समस्या देखिन सक्ने भएकाले हरेकले कम्तीमा एक वर्षमा आँखा जाँच गराउनु राम्रो हुन्छ । 

कारण र जोखिम 
- जलविन्दु वंशाणुगत निम्तन सक्छ । परिवारमा कसैलाई जलविन्दु छ भने उक्त परिवारका सदस्यलाई जलविन्दु हुने जोखिम १० प्रतिशतले बढी रहन्छ । तर, 

- सुरुवाती स्टेजमा यो रोग लागेको थाहा नहुन पनि सक्छ । मानिस ढिला अस्पताल पुग्दा दृष्टि नाश हुन थालिसकेको हुन्छ । जलविन्दुले गुमेको दृष्टि फर्काउन नसकिने भएकाले यसको समयमै पहिचान गर्नु राम्रो हुन्छ । 

- प्रायजसोमा ४० वर्ष कटेपछि यो समस्या देखिने गर्छ । तर, कुनै–कुनै जलविन्दु त्यस्तो हुन्छ, जोकसैलाई जन्मजात नै देखिन सक्छ । वा, चोटपटकका कारण पनि ४० वर्षमुनिका मानिसमा जलविन्दु देखिएको हुन सक्छ । 

- शरीरको प्रेसर बढी भएका, आँखाको प्रेस बढी भएका (आइओपी), डायबेटिजका लामो समयदेखिका बिरामी, आँखामा चोटपटक लागेका बिरामी, लामो समयसम्म स्टोराइड नामक कडाखाले औषधि चलाउनुपरेका बिरामीमा पनि यस्तो जोखिम रहन्छ । यस्ता समस्या भएकाहरूले वेला–वेलामा आँखाको चेकजाँच गराउनुपर्छ । उच्च माइनस पावर भएका मानिस, आँखाको नानी (कर्निया) पातलो भएकाहरू पनि उच्च जोखिममा हुन्छन् ।