१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १० शनिबार ११:५९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित चार पक्राउ

Read Time : > 1 मिनेट
२०८० चैत १० शनिबार ११:५९:००

श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीसहित चारजनालाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूले सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ३ गुम्बा बोल्दे बस्ने वर्ष ३६ का रामबहादुर तामाङलाई कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेस तउरेतीनजिक हाइड्रोपावर जाने कच्ची सडक खण्डबाट करिब २५ मिटर तल पाखामा ल्याई हत्या गरेको कास्की प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा हत्या गरिएका रामबहादुरकी जेठी श्रीमती सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ३ गुम्बा स्थायी ठेगाना भई हाल सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नम्बर-५ चौतारा बजार डेरा गरी बस्ने वर्ष ३५ की कान्छी लामा तामाङ, सिन्धुपाल्चोक साँगाचोकगडी १ बस्ने वर्ष ३० का धनबहादुर लामा भन्ने धन लामा, सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नम्बर-६ बस्ने १८ वर्षका २ जना अजित तमाङ भन्ने छे–दोर्जे लामा र नवीन तमाङ भन्ने फुर्वा लामा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए। पक्राउ परेका चारैजनालाई प्रहरीले सार्वजनिकसमेत गरेको छ ।

यसरी भएको थियो हत्या 
मृतक रामबहादुर र उनकी श्रीमती कान्छी लामाबीच ५/६ वर्षअघिदेखि मनमुटाव सिर्जना भई छुट्टाछुटै बस्दै आएका थिए। मृतक रामबहादुरले दुई वर्षअघि अर्को विवाह गरेका थिए। विवाहपछि जेठी श्रीमतीले सिन्धुपाल्चोक प्रहरीमा बहुविवाह मुद्दा दर्ता गरेकी थिइन्। 

त्यसको ६/७ महिनापछि अदालतको आदेशमा मृतक रामबहादुर कारागार मुक्त भएका थिए। उनी कारागारबाट निस्केसँगै जेठी श्रीमतीसँगको सम्बन्ध झन् बिग्रेको थियो। विवाद र झगडा हुने क्रम बढेको थियो। त्यसपछि मृतककी श्रीमतीले मार्ने योजना बनाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाइ छ।

मृतक रामबहादुर गत फागुन महिनाको अन्तिममा बुवाआमासँग मेलम्ची हाइड्रोपावरमा काम गर्न जाने भन्दै घरबाट हिँडेका थिए। त्यसपछि उनी साथीहरूसँग ३० फागुनमा काठमाडौंबाट सिक्लेस जाने भन्दै आएका थिए। चिप्ली भन्ने स्थानमा रहेको एक रेस्टुरेन्टमा रहेको सिसिक्यामेराको फुटेजमा १ चैतमा मृतक रामबहादुर र तीनजना केटाहरूसँगै घटनास्थलतर्फ जाँदै गरेको देखिएको थियो। 

पक्राउ परेका चारजनामध्ये श्रीमतीलाई सिन्धुपाल्चोक प्रहरी र अन्य तीनजनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा पक्राउ गरी प्रहरीले पोखरा ल्याएको  विकले जानकारी दिए।

हत्याको लागि ९० हजार 

घटनापछि मृतककी श्रीमतीलाई फोन गरी बताएको र घटनाका क्रममा अन्य दुईजनाले देखेको र उनीहरूको मुख टाल्नुपर्ने भयो। थप पैसा पठाउन भनेपछि मृतककी श्रीमती कान्छीले इ-सेवा मार्फत ९० हजार दिएकाे प्रहरीकाे भनाइ छ। उक्त रकममध्ये ५० हजार धनबहादुरले राखेको र छे–दोर्जे लामा र फुर्वा लामालाई २०/२० हजार दिइएको प्रहरीले जनाएको छ।