१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ९ शुक्रबार
  • Saturday, 28 September, 2024
फाइल तस्बिर
२o८o चैत ९ शुक्रबार १२:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय ड्रागन बोट रेस चैत दोस्रो साता

१६ टोलीले प्रतिस्पर्धा गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ९ शुक्रबार १२:५६:oo

पर्यटनको राजधानी सहर पोखरामा यही चैत दोस्रो साता प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०८० हुने भएको छ।

पोखरा महानगरपालिका, ड्रागन बोट संघ गण्डकी प्रदेश र होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजना तथा पर्यटन कार्यालय गण्डकी प्रदेश र लेखनाथ उद्योग वाणिज्य संघको प्रवर्द्धनमा ११ र १२ चैतमा प्रतियोगिता हुने भएको हो।

पोखरा महानगरपालिका ३१ वेगनास तालमा हुने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजकसमेत रहेका होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए। प्रतियोगितामा हालसम्म १० टोली सहभागी हुने तय भइसकेको छ भने अन्य टोलीहरूसमेत गरी १२ देखि १६ टोली सहभागी हुने उनले जानकारी दिए।

प्रतियोगितामा दुई सय र पाँच सय मिटर गरी दुई विधामा प्रतिस्पर्धा हुने ड्रागन बोट संघ गण्डकी प्रदेशका अध्यक्ष दीपक सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार दुई सयतर्फका विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ४० हजार तथा पाँच सय मिटरतर्फका विजेताले दुई लाख, दोस्रोले एक लाख २५ हजार र तेस्रोले ६० हजार नगद पाउनेछन्।

पर्यटन कार्यालय गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेलले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गरी पर्यटकहरूको बसाइ लम्ब्याएर स्थानीय आर्थिक विकासमा टेवा दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। प्रतियोगितामा बोट रेससँगै स्थानीय माछाको प्रदर्शन, स्थानीय वेशभूषा तथा झाँकी र्‍याली प्रदर्शन, मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम, नेपाल–चीन सम्बन्ध झल्कने वस्तु एवं परिकार र स्थानीय पर्यटकीय स्थान विशेषको प्रचारप्रसार एवं प्रवर्द्धनलगायतका कार्यक्रमसमेत गरिने पोखरा महानगर पर्यटन विकास समितिका अध्यक्ष रवीन्द्र पौडेलले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्न करिब ४५ लाख खर्च हुने आयोजकको अनुमान छ। त्यसमध्ये पर्यटन बाेर्ड गण्डकी प्रदेशले २० लाख रुपैयाँ दिने भएको छ भने बाँकी रकम विभिन्न संघसंस्थाबाट संकलन गरिनेछ।