१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

आँखा स्वस्थ राख्ने व्यायाम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:o४:oo

आँखामा पानीको मात्रा कम हुँदै जाँदा देख्ने क्षमता पनि घट्दै जान्छ । हेर्ने÷देख्ने इन्द्रिय (आँखा)को क्षमता बढाउन आधुनिक प्राकृतिक चिकित्सामा वाटरथेरापी तथा हाइड्रोथेरापीजस्ता विधि अपनाइन्छन् । आँखालाई बचाउन तथा स्याहार गर्न अत्यावश्यक हुन्छ । आँखा स्वस्थ राख्न पोषणको जति आवश्यक हुन्छ, आँखाको व्यायाम पनि उत्तिकै आवश्यक हुन्छ । 

आँखा डुबाउने विधि
आँखा सफा गर्दा सानो भाँडामा तताएर सेलाएको सफा पानी राखिन्छ । जुन भाँडालाई आई क्लिनिङ पट भनिन्छ । पट सानो कचौराजस्तो हुन्छ । आँखामा फिट हुने किसिमको भाँडो हुन्छ । आँखामा सो पानीसहितको भाँडो राखिन्छ । त्यसपछि भाँडामा रहेको पानीमा आँखा डुबाएर झिमझिम गर्दै झिम्क्याइन्छ । पालोपालि दुवै आँखा करिब एक–एक मिनेट झिम्क्याइन्छ ।

यसरी सानो भाँडामा रहेको पानीमा आँखा झिम्क्याउँदा आँखामा भएको कचेरालगायतको फोहोर बाहिर निस्किएर आँखा सफा हुन्छ । आँखाको यस्तो व्यायाम तथा सफाइले आँखा दुख्नेलगायतको समस्या समाधान हुन सहयोग पुग्छ । यस्तो सानो पट नभएको अवस्थामा घरमै भएको बाटामा पानी राखेर पनि अनुहार डुबाएर आँखा सफा गर्न सकिन्छ ।

स्टिम बाफ
त्यसैगरी, फेसियल स्टिम पटले बाफ लिन सकिन्छ । इलेक्ट्रीबाट चल्ने फेसियल इलेक्ट्रिक पट बजारमा किन्न पाइन्छ । यस्तो भाँडोमा पानी हालेर फेसियल स्टिम पटले आँखामा बाफ दिँदा आँखाबाट आँसु झर्ने भएकाले आँखाको फोहोर बाहिर निस्किन्छ । जसले आँखा हेर्न सहज हुन्छ । आँखा घुमाउने आँखाको व्यायाम गर्दा शारीरिक व्यायाम (वार्मअप) गरिन्छ । वार्मअप गरेपछि शरीर तात्छ ।

शरीर तातेपछि बसेर, सुतेर वा उठेर आँखाको व्यायाम गर्न सकिन्छ । यसरी व्यायाम गर्दा आँखालाई दायाँ–बायाँ गोलो किसिमले चक्र लगाउँदै घुमाइन्छ । आँखाको नानी घुमाइन्छ । आँखा खुला गरेर यसरी चारैतिर डुलाउँदा शरीर वा मुन्टो भने हल्लाउनुहुँदैन, आँखा मात्रै घुमाउनुपर्छ । यस्तो व्यायाम दायाँदेखि बायाँतिर र बायाँदेखि दायाँतिर गर्दै करिब १०–१० पटक गर्नु उपयुक्त हुन्छ । यसरी आँखा घुमाएर गरिने व्यायामले आँखाका नसा चलायमान हुन्छन्, लचिलो हुन्छन् । यसले गर्दा आँखा फोकस आउट हुनेजस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ । 

छड्के व्यायाम
त्यसैगरी आँखाको छड्के व्यायाम गरेर आँखा मजबुत बनाउन सकिन्छ । क्रस छड्के किसिमले आँखा तलमाथि हेर्न सकिन्छ । मुन्टो भने घुमाउन हुन्न । यसरी छड्के किसिमले व्यायाम गर्दा आँखा कमजोर हुनबाट बच्न सकिन्छ ।

आँखाको व्यायाम गर्दा तलमाथि गर्दै पनि व्यायाम गर्न सकिन्छ । सीधै माथि आकाशतिर हेर्दै सीधै तल भुइँमा आँखा हेर्न सकिन्छ । त्यसैगरी, दायाँ–बायाँ पनि हेर्न सकिन्छ । आँखाको यस्तो व्यायामले आँखा मजबुत हुनुका साथै आँखाको तेजिलोपनामा कमी हुन पाउँदैन ।

ad
ad