१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

हसरंगा दुई खेलमा प्रतिबन्धित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:२७:oo

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले श्रीलंकाली क्रिकेटर वानिन्दु हसरंगालाई दुई खेलमा प्रतिबन्ध लगाएको छ । बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा अम्पायरसँगको विवादका कारण उनी दुई खेलमा प्रतिबन्धित भएका हाे  । फिल्ड अम्पायरले हसरंगालाई तीन डिमेरिट अंक प्रदान गरेका थिए । जसका कारण उनले आसन्न बंगलादेशविरुद्धको दुई टेस्ट गुमाउनेछन् । ‘फिल्ड अम्पायरले प्रदान गरेको अंककै आधारमा श्रीलंकाली क्रिकेटर दुई खेलमा प्रतिबन्धमा परेका हुन्,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गत वर्ष टेस्टबाट सन्न्यास घोषणा गरेका उनले बंगलादेशविरुद्धको सिरिजमा पूर्ववत् निर्णय फिर्ता लिएका थिए । बंगलादेशसँगको टेस्ट सिरिजमा श्रीलंकाली क्रिकेट बोर्डले १७ सदस्यीय खेलाडीको नाम घोषणा गर्दा हसरंगासमेत थिए । श्रीलंका र बंगलादेशबीच टेस्ट सिरिज २२ मार्चदेखि ३ अप्रिलसम्म हुनेछ । पहिलो टेस्ट २२ र दोस्रो टेस्ट ३० मार्चबाट सुरु हुनेछ । 

हैदराबादमा आबद्ध
भारतमा आजदेखि इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुँदै छ । आइपिएलमा हसरंगा सनराइजर्स हैदराबादमा आबद्ध छन् । अन्तर्राष्ट्रिय खेलमा उनी प्रतिबन्धमा रहे पनि आइपिएल भन्ने खेल्न पाउनेछन् । यदि आइसिसीले आफ्नो निर्णय परिवर्तन गरेको अवस्थामा उनी श्रीलंकाली टोलीमा सम्मलित हुनेछन् । पछिल्लो दुई वर्षमा उनले बारम्बार अनुशासन तोडेका छन् । अहिलेसम्म उनले आठ डिमेरिट अंक पाएका छन् । यसबीचमा उनले थप विशेष चार अंकसमेत पाएका छन् । 
आइसिसीको नियमअनुसार कुनै पनि एक खेलाडीले विशेष चार अंक कारबाहीस्वरूप प्राप्त गर्दा उनी दुई टेस्ट, चार एकदिवसीय र चार अन्तर्राष्ट्रिय टी–२० खेलबाट वञ्चित हुनेछन् । यसैबीच श्रीलंकाली क्रिकेट बोर्डले आफ्ना खेलाडीविरुद्धको कारबाहीको अपिल गर्ने भएको छ । यस सिजनको आइपिएलमा हसरंगालाई हैदराबादले एक करोड ५० लाख भारु खर्चेको थियो । हैदराबादको पहिलो खेलमा २३ मार्चमा छ । 

ad
ad