१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ८ बिहीबार
  • Saturday, 21 September, 2024
२o८o चैत ८ बिहीबार १४:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा घरपालुवा र सामुदायिक ८७ कुकुरको बन्ध्याकरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ८ बिहीबार १४:o९:oo

गुल्मीको रेसुंगा नगरभित्रका ८७ कुकुरको बन्ध्याकरण गरिएको छ। जिल्लामा रेबिज रोगको जोखिम बढ्दै गएपछि  छाडा रूपमा रहेका ३७ सामुदायिक र घरपालुवा ५० कुकुरको बन्ध्याकरण गरिएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मी  तथा रेसुंगा नगरपालिका, गुल्मीको समन्वयमा ५ चैतदेखि ८ गतेसम्म कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको थियो।

शिविरमा पायोनियरस एनिमल हस्पिटल एन्ड रिसर्च सेन्टर बुटवलका डाक्टर अभिनाश क्षेत्री, डाक्टर सन्दीप भट्टराई, डाक्टर पदम टन्डन र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीमा कार्यरत डाक्टर नवीना ढकालको समूहले कुकुरको बन्ध्याकरण गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीका कार्यालय प्रमुख हुमकान्त पाण्डेयले जानकारी दिए।

शिविरमा एक सय २० कुकुरलाई रेबिजविरुद्धको सुई लगाइएको पाण्डेयले बताए। गत वर्ष पनि विज्ञ केन्द्रले सञ्चालन गरेको शिविरमा सामुदायिक ४७ र घरपालुवा २२ कुकुरको बन्ध्याकरण गरिएको थियो। कुकुरले मान्छे तथा पशु चौपायालाई टोक्न थालेपछि विज्ञ केन्द्रले रेबिजविरुद्धको खोप अभियानलाई गत वर्षबाट निरन्तरता दिएको छ। 

गत आर्थिक वर्षमा एक हजार खोप लगाएकोमा अहिले शिविरसहित स्थानीय तहमार्फत एक हजार एक सय २० कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको विज्ञ केन्द्र प्रमुख पाण्डेयले बताए। अहिले सञ्चालन भएको शिविरमा रेसुंगा नगरपालिकाले स्थानीय तहले कुकुर छोपेर सहजीकरण गरेको र केन्द्रले बन्ध्याकरणको काम गरेको थियो।