१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार ११:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बेनेली बाइक छुटसहित शून्य प्रतिशत ब्याजमा पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:१८:oo

इटालियन ब्रान्डका बेनेली बाइकको खरिदमा ग्राहकले एक लाख रुपैयाँसम्म छुटका साथै शून्य प्रतिशत ब्याजमा पाउने भएका छन् । कम्पनीले मोडेलअनुसार १५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म छुटका साथै २० मिनेटमा नै शून्य प्रतिशतमा खरिद गर्न सकिने योजना ल्याएको हो । 

नयाँ वर्ष ०८१ का लागि विशेष फाइनान्स योजनाअनुसार नै योजना ल्याएको कम्पनीको भनाइ छ । नेपालका लागि बेनेली बाइक तथा स्कुटरका लागि आधिकारिक विक्रेता केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले २०१५ देखि उत्कृष्ट डिजÞाइन, शक्तिशाली इन्जिन, र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसीदेखि ७५० सिसीसम्मका बेनेली बाइक तथा स्कुटर नेपालमा बिक्री–वितरण गर्दै आएको जनाएको छ । 

तेस्रो मुलुकबाट आयात भए तापनि सधैँ गुणस्तरीय सर्भिस तथा सजिलै बाइकका पार्टस्पुर्जा पाइँदैन भन्ने भ्रमलाई गलत साबित गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको कम्पनीले दाबी गरेको छ । 

ad
ad