१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अन्तरजिल्ला शिक्षक सरुवा गर्न नपाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१८:oo

शिक्षकहरूको सरुवा प्रक्रिया थप जटिल बनाउने तयारी

सरकारले शिक्षकहरूको सरुवा प्रक्रिया थप जटिल बनाउन तयारी थालेको छ । हालकै अवस्थामा पनि अन्य कर्मचारीको तुलनामा शिक्षक सरुवा नीति र प्रक्रिया निकै जटिल छ । तर, त्यही जटिल प्रक्रियामा पनि पारदर्शिता नभएको भन्दै शिक्षा मन्त्रालयले अन्तरजिल्लामा शिक्षा सरुवा गर्न नपाइने नियम लागू गर्न थालेको हो । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवालाई थप पारदर्शी र व्यवस्थित पार्न थप मापदण्ड तयार पार्दै छ । केन्द्रका महानिर्देशक दीपक शर्माका अनुसार हालको अवस्थामा पनि शिक्षक सरुवा प्रक्रिया जटिल नै छ, तर त्यसको समेत दुरुपयोग गरेको भेटिएको छ । ‘हाल लागू भइरहेको शिक्षक सरुवासम्बन्धी कानुनी व्यवस्था सहज त होइन, तर त्यो पनि पारदर्शी नभएको पाइयो,’ उनले भने, ‘कतिपय विद्यालय व्यवस्थापन समितिले चिनेको शिक्षकलाई सिफारिस गरेको भेटियो, त्यसैले पनि मापदण्डमा कडाइ गर्न थालिएको हो ।’ 

हाल शिक्षक सरुवा गर्न सरुवा हुने विद्यालय व्यवस्थापन समिति, पालिका, प्रधानाध्यापक, शिक्षा समन्वय इकाइको सहमति चाहिन्छ भने जुन विद्यालयमा सरुवा जाने हो सो विद्यालयको विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, पालिका र शिक्षा समन्वय इकाइले पनि स्वीकार गर्नुपर्छ । यति प्रक्रिया पार गरेपछि मात्रै शिक्षक सरुवा हुन वा गर्न पाइन्छ ।

तर, यही व्यवस्थालाई पनि शिक्षा मन्त्रालयले थप कडाइ गर्न लागेको हो । अब यी निकायबाट स्वीकृति तथा सहमति लिए पनि अन्तरजिल्लामा सरुवा हुन वा गर्न पाइनेछैन । जिल्लास्तरमा शिक्षक सरुवा गर्दा चलखेल तथा घुसपैठ हुने भन्दै शिक्षा मन्त्रालयले शिक्षक सरुवालाई थप जटिल बनाउन लागेको हो ।

ad
ad